भक्तपुर जिल्लाको सङ्क्षिप्त परिचय मौलिक कला, संस्कृति, परम्परा र रीतिरिवाजमा अब्बल भक्तपुर भौगोलिक छटा रप्राकृतिक विविधतालेसमेत सुसम्पन्न जिल्ला हो ।पुरातात्विक वैभव र ऐतिहासिक धरोहरहरूले यसलाई जीवन्त तुल्याएका छन्।नेपालको केन्द्रीय राजधानीसमेत रहेको काठमाडौँ उपत्यकाभित्र पर्ने भक्तपुर जिल्लामा लिच्छवीकाल र मल्लकालदेखिका अद्वितीय कलाकृतिहरू सङ्गृहित छन् । नेपालको संविधानले सतहत्तर जिल्ला र सात प्रदेशको व्यवस्था गरेअनुसार बागमती प्रदेशभित्रका तेह्र जिल्लामध्येको एक हो भक्तपुर ।क्षेत्रफलको हिसाबले सबैभन्दा सानो भएता पनि जनसङ्ख्याको दृष्टिले सबैभन्दा बढी जनघनत्व ओगटेको जिल्ला पनि भक्तपुर नै हो । कालचक्रसँगसँगै यो ऐतिहासिक भक्तपुर जिल्ला आफ्नो पुरातात्विक शाखलाई जोगाउँदै नीतनवीन उपलब्धितर्फ अग्रसर छ। नेपालको संविधानको धारा २२० मा व्यवस्था भएअनुरुप यस जिल्लामा रहेको ‘जिल्ला समन्वय समिति, भक्तपुर’ले उक्त धाराकै उपधारा ७को व्यवस्थाअनुसार यस जिल्लामाआफ्नो प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।
थप पढ्नुहोस्भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली
राष्ट्रिय परिचय पत्र नयाँ दर्ता गर्न
अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा
विद्युतीय राहदानीको लागि आवेदन
मतदाता नामावलीमा नयाँ नाम दर्ता