21 Jan, 2025, Tue info@dccbhaktapur.gov.np (+९७७)-०१-६६१४८२६
/ सूचना/समाचार

भक्तपुर जिल्लाका ४ वटै स्थानीय तहमा Biometric Verification अनिवार्य गरिएको सम्बन्धमा

व्यवस्थापन शाखा २०८१ जेठ २३ गते बुधबार १५:४०:२५ बजे

Biometric Verification अनिवार्य गर्ने सम्बन्धमा ।

प्रस्तुत विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प.स. ०८०।०८१, च.न.३८५ मिति २०८१।०१।२४ को प्राप्त परिपत्र अनुसार पहिलो चरणमा मिति २०८१।०४।०१ देखि यस जिल्लाभित्रका ४ वटै स्थानीत तहबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नवीकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचयपत्रमा आधारित Biometric Verification अनिवार्य गर्ने भएकोले सो सम्बन्धमा देहायमा उल्लेखित कार्य गर्नुहुन अनुरोध छ ।

देहायः

१. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले राष्ट्रिय परिचय नम्बर प्राप्त गरी नसकेको भए जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र दर्ता शाखा (Enrollment Station) मा गई दर्ता (Enrollment) गर्नुहुन ।

२. राष्ट्रिय परिचय पत्र दर्ता (Enrollment) भएका तर राष्ट्रिय परिचय नम्बर (NIN) प्राप्त नभएका लाभग्राही

भएमा  सम्बन्धित नगरपालिका (पञ्जीकरण तथा सामाजिक सुरक्षा सेवा इकाई), सम्बन्धित वडा कार्यालय वा राष्ट्रिय परिचयपत्र

तथा पञ्जीकरण विभागको http://citizenportal.donidcr.gov.np/CitizenPortal/ लिङ्कमाफर्त नम्बर

प्राप्त गर्न सकिनेछ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. भक्तपुर जिल्लाका ४ वटै स्थानीय तहमा Biometric Verification अनिवार्य गरिएको सम्बन्धमा २०८१ जेठ २३ गते बुधबार २१९.५४ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ पौष २२ गते सोमबार