भक्तपुर जिल्लालाई कार्यक्षेत्र बनाएका तर जिल्ला परिषद् अगावै कार्यक्रम पेश गर्न नसकेका गैरसरकारी संस्थाहरुले आगामी वर्षका लागि कार्यक्रम सहित आवेदन गर्ने म्यादलाई यही २०७३ साल जेष्ठ मसान्तसम्म कायम गरिएको हुँदा तल उल्लेखित ढाँचामा कार्यक्रम संचालन गर्न प्रस्ताव गरिएको नगरपालिका र विषयगत कार्यालयको स्वीकृति सहित आवेदन गर्न सूचित गरिन्छ । उल्लेखित समयवधि भित्रमा कार्यक्रम पेश नगर्ने संस्थाहरुलाई यस कार्यालयबाट कुनै प्रकारको सिफारिस नगरिने व्यहोरा समेत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस सम्बन्धी विस्तृत जानकारी कार्यालयको वेवसाइट www.ddcbhaktapur.gov.np बाट लिन अवथा कार्यालयको सामाजिक विकास शाखाबाट प्राप्त गर्न सकिनेछ ।
साथै, यस अघि कार्यक्रम संचालन गरिसकेका तर DPAC को बैठकबाट अनुमोदन हुन बाँकी गैरसरकारी संस्थाहरुले सम्बन्धित नगरपालिका र विषयगत कार्यालयसँग संयुक्त बैठक गरी सम्पन्न भएको कार्य र खर्च भएको रकम सहित समितिमा पेश गर्नका लागि पनि सूचित गरिन्छ ।
फरमेटको लागि तलको लिन्कमा क्लिक गर्नुहोस् ।